FAQs Complain Problems

समाचार

संक्षिप्त परिचय

भीमफेदी गाउँपालिका संक्षिप्त परिचय :

भीमफेदी गाउँपालिका २४५.२७ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएर मकवानपुर जिल्लाको मध्य भागमा अवस्थित छ । यस गाउँपालिकाको केन्द्र साविकको भीमफेदी  रहेकाे छ यो तह मकवानपुर जिल्लाका ५ वटा साविकका गा.वि.स. हरु र १ गा.वि.स. का ३ वटा वडाहरुलाई मिलाएर बनाइएको हो यस गाउँपालिका अन्तर्गतका साविक गा.वि.स. हरुमा भैंसे, निबुवाटार, भीमफेदी, कोगटे, ईपापन्चकन्या, नामटार(१,३,४) रहेका छन् । तामाङ्ग, मगर, क्षेत्री जातको उच्चतम वसोवास यस क्षेत्रमा पाउन सकिन्छ यस गाउँपालिकामा ९ वटा वडा रहेको छ यस गाउँपालिकाको सिमानामा पूर्व तर्फ ललितपुर जिल्ला,पश्चिम तर्फ कैलाश गाउँपालिका र हेटौडा उप-महानगरपालिका, उत्तर तर्फ थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका र दक्षिण तर्फ हेटौडा उप-महानगरपालिका, मकवानपुरगढी र बकैया गाउँपालिका रहेको छ । जनगणना २०७८ अनुसार यस गाउपलिकाको जनसंख्या २१,५१६ जम्मा घरधुिर ५०८५ रहेका छन् र साक्षरता प्रतिशत ७५.३ रहेको छ यस मध्य पुरुष साक्षरता प्रतिशत ८३.१ र महिला साक्षरता प्रतिशत ६७.६ रहेको देखिन्छ